पचासको दशकमा नेपालका विभिन्न भागमा थुप्रै कन्सर्ट गरेको कन्दरा ब्याण्डले गृहनगर पोखरामा अहिलेसम्मकै ठूलो कन्सर्ट गरेको छ । शुक्रबार राति नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा लिड भोकलिष्ट विवेक श्रेष्ठलगायतले करिब साढे ३ घण्टासम्म करिब १० हजार दर्शकलाई लोक पप प्याटर्नका गीतमा लगातार झुमाइरहे ।